सिन्धुपाल्चोक । मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका धार्पा युवा क्लबले जितेको छ।
मेलचौरस्थित दरबार डाँडा खेल मैदानमा शनिबार भए फाइनल खेलमा सुनकोशी बी लाई ३–० गोलले हराउँदै धार्पा बिजेता बनेकाे हाे ।
पहिलो हाफमा १–० को अग्रता बनाएको धार्पाले दोस्रो हाफमा २ गाेलथपेकाे थियाे ।
विजयी धार्पाले नगद एक लाख ५५ हजार ५५५ र ट्रफी र उपविजेताले सुनकोशी बी ले नगद ७७ हजार ७ सय ७७ पायाे ।
प्रतियोगितामा सागर तामाङ उत्कृष्ट खेलाडी, सन्दीप कार्की सर्वाधिक गोलकर्ता, सुसन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर आदेश सिवाकोटी, उत्कृष्ट डिफेन्डर भ्रिगान किरण सिंह, उत्कृष्ट प्रशिक्षक सागर लामा तथा राई एफसीले टिम फियर प्लेको अवार्ड हात पार्यो।राई एफसीले पाँच हजार पायो भने अन्य ब्यक्तिगत विधाका हरेक खेलाडीले नगद तीन हजार ट्रफी र प्रमाण पत्र हात पारे।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं २ का सासंद मोहनबहादुर बस्नेतले मेडल प्रमाण पत्र हस्तास्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस