२०८१ चैत्र २८, बिहिबार | Thu, 10, Apr, 2025

मालिकादेवी कप आज देखि


  • २०८१ कार्तिक ५, सोमबार मा प्रकाशित ५ महिना अघि
  • ३३५ पाठक संख्या
  • सिन्धुपाल्चोक  । आज वाट मालिकादेवी कप फुटवल सुरु हुनेछ । याे खेल  मालिकादेवी कप फुटबल प्रतियाेगिताकाे चाैथाे संस्करण हाे । चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटाले खेलकाे उदघाटन गर्ने छन् ।

    मेलचाैर स्थित दरबारडाँडा   खेलमैदानमा हुने प्रतियाेगितामा जिल्ला भित्र र बाहिरको गरी  २१ टिमकाे सहभागीता हुने आयाेजक संस्था मेलचौर युवा जागरण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए।


    उदघाटन खेल आज विहान ११ बजे  भिमटार बोइज र  सुकुटे युवा जागरण मञ्चबीच  हुने छ । प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५  नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद ट्रफी र मेडल पुरस्कार पाउने छन् ।

    प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यो वर्षबाट खेलाडीहरुको विमाको ब्यवस्था समेत गरिएको छ । विमाको अवधि ७ दिनको रहने छ ।


    प्रतियोगितामा सहभागी खेलाडीको भइपरि आएको दुर्घट्नामा ३ लाख सम्मको उपचार हुने भएकाले खेलाडीलाई विमाले राहत पुग्ने भएको छ ।

    चौथो मालिकादेवीकप फुटबल प्रतियोगितामा सहभागि टिम
    १. सेतीदेवी युवा क्लव, कुविण्डे
    २. भिमटार बोइज, भिमटार
    ३. सुकुटे युवा जागरण मञ्च
    ४. सुनकोशी ए
    ५. सुनकोशी बि
    ६. राई बोइज, झापा
    ७. स्याउले टिम शिल्ड
    ८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६
    ९. जिल्ला प्रहरी कार्यालय, (वारियर्स एफ सि)
    १०. जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक
    ११. सिर्जनशिल समाज, सिरानचौर
    १२.  साँगाचोक युवा क्लव
    १३. चौतारा स्पोर्टिङक्लव
    १४. सिंहमति युवा क्लव
    १५. मेलचौर युवाजागरण समाज
    १६.  पोखरे युवा समाज
    १७.  रानिटार युवाक्लव
    १८. रोयल्स फेफिली
    १९.  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८
    २०.धार्पा युवा क्लव
    २१.इन्द्रावती सिर्जनशिल युवा समाज

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट