२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

दुध बेचेर एकै गाउँमा भित्रन्छ तीन करोड


  • २०८१ आश्विन १०, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ७०५ पाठक संख्या
  • सिन्धुपाल्चोक । बलेफी गाउँपालिका विन्जेलका किसानले दुध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाई भैंसी पालेर वार्षिक २ करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका हुन् । बलेफी ४ विन्जेल तल्लागाउँका डिल्लीराम नेपालले गत एक वर्षमा १२ हजार ५ सय सत्र लिटर दुध बेचेर ८ लाख १२ हजार ४ सय पचपन्न रुपिँया कमाउन सफल भएका हुन् ।

    सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दुध बेच्ने मध्ये दोस्रो नम्वरका कृषक हुँन । उनले एक वर्षमा ९ हजार ८ सय ९६ लिटर दुध विक्रि गरेर ६ लाख १६ हजार तीन सय बीस रुपिँया कमाउन सफल भएका हुँन ।तोयानाथ नेपाल र रविन्द्र बहादुर नेपाल संस्थामा धेरै दुध बेच्चे किसानहरु हुँन । तोयानाथले एक वर्षमा ८ हजार ५ सय चालिस लिटर दुध बेचेर ५ लाख ४८ हजार ४ सय त्रिचालिस रुपिंया कमाएका छन् भने रविन्द्रले ८ हजार एकसय सच्चालिस लिटर दुध बेचेर ५ लाख १३ हजार ७ सय रुपिंया हात पारेका छन् ।

    वार्षिक रुपमा धेरै दुध बेच्ने चारै जनाले संस्थाको वार्षिक उत्सवको अवसरमा आयोजित सभामा प्रमुख अतिथि प्रदेश सांसद सरल सहयात्री पौडेल र विशेष अतिथि बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङरको हातवाट पुरस्कार पाए ।विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको ३१औं वार्षिक उत्सवकै अवसरमा टिकाप्रसाद नेपाल, होमबहादुर भुजेल र हर्कबहादुर नेपालले गुणस्तरीय भंैसिको दुध बेचे बापत पुरस्कार पाए । नैनबहादुर तामाङ, फुलमाँया सुवेदी र बल बहादुर दमै ७० वर्ष माथिको उमेरमा पनि दुध विक्री गरेको भन्दै जेष्ठ कृषकको रुपमा सम्मानित भए ।


    एकै गाउँमा दुग्ध पदार्थ उप्पाद गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको संस्थाका व्यवस्थापक द्धारिका नेपाल, सह व्यवस्थाप गीता सापकोटा, डेरीका अन्य कर्मचारीहरु माधवप्रसाद सुवेदी, जगन्नाथ नेपाल, पूर्णचन्द्र नेपाल, ऋषिराम नोल तथा सवारी चालक रामकाजी तामाङलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।सभामा बिउको बगर पालन गरि सेवा दिईरहेका डेगनाथ पौडेल पनि सम्मानित भए भने संस्थाको निर्माणकार्यमा उत्कृष्ट कार्य गरेका केशवप्रसाद नेपाललाई पनि सम्मान गरिएको थियो ।

    संस्थावाट गता आ.व.मा ३ लाख ७९ हजार एक सय एकसट्ठी लिटर दुध बेचेर २ करोड ८९ लाख ७८ हजार गाउँमा भित्रीएको अध्यक्ष यदुनाथ नेपालले बताए । चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचता तथा ऋण कार्यक्रम संचालन गरिरहेको छ । संस्थामा १ करोड २३ लाख १० हजार वचत तथा १ करोड १ लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्धारिका नेपालले बताए ।

    संस्थाले कृषकहरुको लागि दाना, ढुटो पीठो तथा रासायनिक मलको समेत वितरण गर्ने गरेको छ ।गत आ.व. देखि संस्थाले कृषक पेन्सनको कार्यक्रम संचालन गरिरेको छ । सो कोषमा हाल २ लाख ६१ हजार पाँच सय सत्तरी जम्मा गरिएकोमा अव कृषकाको समेत सम्लग्नतामा सो कोषको रकम वृद्धि गरिने उपाध्यक्ष हरीप्रसाद तिमिल्सिनाले बताए । यस वर्ष भने डिडिसीले गत ५ महिना देखि कृषकलाई दुधको भुक्तानी नदिएपछि कृषक मारमा परेका छन\।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%९%१%२%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट