सिन्धुपाल्चोक । संविधान दिवस २०८१ काे अवसरमा सदरमुकाम चाैतारामा विशाल र्यालि सहित प्रवचन कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।स्थानीय भिन्तुना चाेकवाट धिमे बाजागाजा सहित निश्किएकाे जुलुसले बजार परिक्रमा गरि टुंडिखेल स्थित फल्चामा गई सभामा परिणत भएको थियाे ।
सभामा कार्यक्रमका प्रमुख अतिथि सांसद माधव सापकाेटा, चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकाेटा, उपप्रमुख सीता थापा, नेपाली कांग्रेसका नेता बिलबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक गाेविन्द पराजुली, प्रमुख जिल्ला अधिकारी किरणा थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए ।
सभामा संविधान दिवसकै अवसरमा कर्मचारी मिलन केन्द्र द्वारा आयोजित टेवल टेनिस प्रतियाेगितामा प्रथम हुँने भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर मास्के , द्वितीय हुँने भू- तथा जलाधार व्यवस्थापन कार्यलयकै लाेकबहादुर श्रेष्ठ
तृतीय हुँने राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत राजन बिक्रम प्रजापति र सान्वना स्थान प्राप्त गर्ने उद्योग तथा बाणिज्य कार्यालयका प्रविण बस्नेतलाई सभाका प्रमुख अतिथि सांसद माधव सापकाेटाले ट्रफी प्रदान गरे । सभा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भयाे ।
संविधान दिवसकै अवसरमा जिल्लाका सबै पालिकाहरुले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । आज बेलुका ( बिहीबार ) ५:३० बजे टुंडिखेल चाेकमा दिपावललीकाे कार्यक्रम रहेकाे छ भने सबै सरकारी तथा निजि निवासमा पनि दीप प्रज्वलन गर्न जिल्ला बासिलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस