२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

विविध कार्यक्रम सहित संविधान दिवस मनाईदै


  • न्युज कोशी
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ५५७ पाठक संख्या
  • सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा विविध कार्यक्रम सहित संविधान दिवस २०८१ मनाईदै छ ।  साेहि क्रममा कर्मचारी मिलन केन्द्रले टेवुलटेनिस प्रतियाेगितकाे आयोजना गरेकाे छ । १६ सहभागी प्रतिष्पर्दि रहेकाे खेलमा भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर मास्के प्रथम हुन सफल भएका छन् ।

    प्रतियाेगितामा द्वितीय स्थान भू- तथा जलाधार व्यवस्थापन कार्यलयकै लाेकबहादुर श्रेष्ठ  र राष्ट्रिय अनुसन्धान कार्यालयका  प्रमुख अनुसन्धान अधिकृत राजन बिक्रम  प्रजापति तृतीय भए । प्रविण बस्नेतले सान्वना स्थान हासिल गरेका छन् ।

    संविधान  दिवशकै अवसरमा जिल्ला वन कार्यालयकाे संयाेजनमा वृक्षरोपण भएको छ । चाैतारा अस्पताल परिसरमा वृक्षा राेपण गरिएकाे हाे ।  अस्बतालका बिरामीलाई फलफुल वितरण, जेष्ठनागरिककाे स्वास्थ्य परीक्षण,  धार्मिक तथा सार्वजनिक स्थलकाे पालिका र सुरक्षा कर्मी सहितकाे सम्लग्नतामा सरसफाइ तथा साँझमा  दिप प्रज्वलन लगाएतकाे कार्यक्रम  राखिएको छ  ।

    भाेली ३ गते बिहान ७ बजे चाैतारामा प्रभातफेरी कार्यक्रम सहित टुंडिखेल स्थित फल्चामा मुल समाराेह हुने सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट