सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं.५ काे आयाेजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनसेवा आधारभूत विद्यालयमा आयाेजित कार्यक्रममा वडाका एक दर्जन बढि नागरिकले आफ्ना जिज्ञासा राखेका थिए।
कार्यक्रममा गत आ.व. ०८०/८१ मा वडाबाट प्रदान गरेकाे सेवा प्रवाह तथा विकास निर्माणका गतिविधि सार्वजनिक गरिएको थियाे । वडा सचिव निर्मला श्रेष्ठले वडाकाे गत एक वर्ष भित्र सम्पादन गरेकाे क्रियाकलाप र भावि याेजना तथा बजेत प्रस्तुत गरिन् । बलमैत्री सहजकर्ता बिष्णु खत्री र सिवीस संस्थाका जिल्ला संयाेजक कृष्णप्रसाद पराजुलीले पनि संचालित गतिविधिकाे जानकारी गराएका थिए ।
कार्यक्रममा स्थानीय अशाेक लामा,ठक बहादुर तामाङ , कुमार लामा, जयराम नेपाल र आशिष तामाङले जिज्ञासा राखेका थिए । त्यस्तै विद्यार्थीहरु राेहीत ठकुरी ,सिर्जना रिजाल,एलेन ठकुरी , आशा राेक्का, रेश्मा कार्की लगाएतकाले जिज्ञासा राखेका थिए ।
सहभागीहरूवाट उठेका जिज्ञासाकाे कार्यक्रमका प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ , आयाेजक संस्था वडा नं. ५ का अध्यक्ष यादव ठकुरी, शिक्षा शाखाका प्रमुख सलबहादुर पाण्डे, कृषि विकास शाखाका प्रमुख सन्देश हमाल लगाएतकाले समाधान गरेका थिए।
सहभागी अधिकांशले गाउँमा आउँने बाटाेकाे निर्माण, गाेराेटाे बाटाेकाे मर्मत संम्भार, खेलमैदानकाे पूर्णता, बर्थिङ सेन्टर संचालन, टनेला र मिनिटिरकाे सहि बितरण, ढुङ्गा खानीकाे नियन्त्रण, निःशुल्क शिक्षा, बिद्यालयान खानेपानी तथा शाैचालयकाे मर्मत,बालश्रम रहेका बालबालिकाकाे पठन पाठनमा सहयाेग गर्नु पर्ने लगाएकाे जिज्ञासा राखेका थिए।
कार्यक्रम बलेफी गाउँपालिका वडा नं.५ का अध्यक्ष यादव ठकुरीकाे अध्यक्ष तथा पत्रकार ज्ञानेन्द्र तिमिल्सिनाकाे सहजिकरणमा भएको हाे ।
कार्यक्रमकाे समन्वय गर्ने संस्था सिवीस नेपाल र विभिन्न क्षेत्रमा वडालाई सघाउने मांक संस्थालाई कदर पत्रद्वारा सम्मान गरिएको थियाे । यस कार्यक्रम संचालन संगै वडा नं.५ बलेफी गाउँपालिकाकै वडा तहमा सार्वजनिक सुनुवाइ गर्ने पहिलाे वडा बनेकाे छ ।
प्रतिक्रिया दिनुहोस