सिन्धुपाल्चोक । चाैतारा बहुमुखी क्याम्पसकाे २४ औं वार्षिकोत्सब समाराेह शनिबार सम्पन्न भएको छ । संघीय संसदका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भएको समाराेहमा क्याम्पसलाई विविध क्षेत्रमा सहयाेग गर्नु हुनेलाई सम्मान गरिएको थियाे ।
विश्वविद्यालय अनुदान आयाेगकाद्वारा गुणस्तर सुनिश्चित ता प्रत्यायनकूल qua प्राप्त यस क्याम्पसमा स्नातकोत्तर सम्मकाे पठन पाठन हुदै आईरहेकाे छ ।
जसमध्ये स्नातक तहमा शिक्षा, व्यवस्थापन र बिज्ञान विषयमा र स्नातकोत्तर तहमामा शिक्षा विषयमा पठनपाठन हुँदै आईरहेकाे छ । क्याम्पसमा हाल २ सय १६ जना विद्यार्थी अध्ययनरत छन् ।
समाराेहमा क्याम्पसका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ , बागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलाल, क्याम्पसका सल्लाहकार रामचन्द्र श्रेष्ठ , चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे उप प्रमुख सीता थापा,जिल्ला खेदकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगाल, सेवा कम्युटरका प्राेपाईटर प्रकाश श्रेष्ठ लगाएतकालाई सम्मान गरिएको थियाे ।
समाराेहमा क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले प्रतिवेदन पेश गरेका थिएका थिए । क्याम्पसका अध्यक्ष गंभिरलाल श्रेष्ठकाे अध्यक्षता सम्पन्न
भएको हाे ।
प्रतिक्रिया दिनुहोस