२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

नेपाल राष्ट्रिय शिक्षक संगठनले बुझायो ज्ञापन –पत्र, माग सम्बोधन नभए कडा आन्दोलन गरिने


  • २०८१ श्रावण २७, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ४५२ पाठक संख्या
  • नेपाल राष्ट्रिय शिक्षक संगठन बलेफी गाउँपालिका समिति र सुनकोशी गाउँपालिका समितिले आईतवार बलेफी र सुनकोशी गाउँपालिका समक्ष ९ बुँधे माग सहितको ज्ञापन –पत्र बुझाएको छ । संगठनका पालिका अध्यक्ष राजकुमार ढुङ्गाना सहितको टोलिले बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहाल र सुनकोशी गाउँपालिका समितिका अध्यक्ष प्रेम तामाङ नेत्रृत्वको टोलिले सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिना समक्ष ज्ञापन–पत्र बुझाएको हो ।
    नेपालको संविधानमा उल्लेख भए अनुसारको निःशुल्क र समावेशी शिक्षाको सुनिश्चितता हुनु पर्ने, नेपाल शिक्षक संगठन र सरकार वीच पटक पटक भएको यस अगाडिको सहमतिहरुको कार्यान्वयन हुँनु पर्ने, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानीको ग्यारेन्टी हुनु पर्ने माग शिक्षकहरुको छ ।
    स्थानीय तहमा पेशागत हक अधिकार र शिक्षकको संरक्षण हुनुपर्ने, संविधानमा समस्त ट्रेड युनियन अधिकारको प्रत्याभूति गरिनु पर्ने, निजी र सामुदायिक विद्यालयका निजी प्रकारका शिक्षकका आधारभूत सेवा सुविधाको ग्यारेण्टी गरिनु पर्ने माग उनिहरुको छ ।
    विद्यालय शिक्षालाई तिनै तहका सरकारको साझा दायित्वको रुपमा राखिनु पर्ने, शिक्षा सेवा आयोगलाई संवैधानिक आयोगको मान्यता दिईनु पर्ने तथा शिक्षक काउन्सिलको व्यबस्था गरिनु पर्ने, उच्च स्तरीय राष्ट्रिय शिक्षक आयोगको प्रतिवेदन २०७५ ले दिएका सुझावहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने लगाएतको माग ज्ञापन– पत्रमा उल्लेख गरिएको छ ।
    ज्ञापन–पत्र आगामि २९ गते बाँकी सबै पालिकामा बुझाईने र ३० गते शिक्षा विकास तथा समन्वय ईकाइमा पेश गरिने कार्यक्रम रहेको नेपाल शिक्षक संगठन जिल्ला समितिका सचिवालय सदस्य दीपक नेपालले बताए । ज्ञापन –पत्र बुझाउने पहिलो चरणको आन्दोलन भएको र यसको सुनुवाई नभएमा कडा खालको आन्दोलनमा उत्रने नेपालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट