सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाकाे आ.व. ०८१/८२ काे नीति ,कार्यक्रम तथा बजेट साेमबार सार्वजनिक गरिएको छ ।
आगामी आ.व.काे लागि ५३ कराेड ७४ लाख ८६ हजारकाे अनुमानित आम्दानी , खर्चकाे विवरण सहित नीती तथा कार्यक्रम गाउँ सभामा पेश भएको हाे ।
जस मध्ये १ कराेड ५४ लाख आन्तरिक आम्दानी रहेकाे छ भने बाँकी संघीय र प्रदेश सरकारकाे वित्तीय समानिकरण,सशर्त , विशेष र समपुरक अनुदान रहेकाे प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले बताए ।
मुख्य ध्यान स्वास्थ्य र शिक्षा :
हेलम्बु गाउँपालिकाकाे ध्यान यस वर्ष पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा छ । पालिकाका भित्रका हरेक दिर्गराेगीलाई दिईंदै आएकाे औषधी उपचार खर्चलाई यसवर्ष पनि निरन्तरता दिएकाे छ भने हरेक बिरामीको लागि दिईंदै आएकाे नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईएकाे छ ।
स्वास्थ्य विमा मार्फत ५ लाख बराबरकाे स्वास्थ्य उपचार खर्च सहयाेग बिरामी समेतकाे साझेदारीमा गरिने नयाँ नीति पालिकाले अवलम्बन गरेकाे छ ।
शिक्षा क्षेत्रमा डिजिटल हेलम्बु :
हेलम्बु गाउँपालिकाले शिक्षा क्षेत्रमा डिजिटल हेलम्बु नीति अवलम्बन गरेकाे छ । सबै माविमा स्मार्ट बाेर्ड, कम्प्युटर ल्यावटप, फाेटाेकपी मेसिन सहितकाे व्यवस्था गरिने छ ।भाेलेन्टियर शिक्षक परिचालन, दलित समुदायवाट स्नातक गर्नेलाई १ लाख प्राेत्साहन, जुनसुकै सरकारी सेवामा स्थायी नियुक्ति लिने पालिकाका नागरिकलाई सम्मान लगाएतकाे नीति पालिकाकाे छ ।
अस्थायी र करारका कर्मचारीलाई पनि सुरक्षा काेष मार्फत निवृति भरण, लाेकसेवा लगाएतका कक्षाकाे भर्चूयल कक्षा लिन चाहनेलाई नि:शुल्क सेवा दिने नीति पालिकाले लिएको छ ।
हेलम्बु बाेधिसत्व माेडल स्कुलमा सिभिल ईन्जिनियर सगै आगामी शैक्षिकसत्र देखि कम्युटर ईन्जिनियरकाे समेत पठनपाठन सुरु गरिने छ । भने दिवा खाजा कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहित शिक्षकलाई समेत समेटिने छ ।
हेलम्बु ग्रेटटेल (षडाक्षरी धर्म चक्र पर्खाल ) निर्माण कार्य लाई निरन्तरता दिईने, रासायनिक मलकाे ढुवानीमा अनुदान दिईने लगाएकाे लाेकप्रिय कार्यक्रम पालिकाले ल्याएकाे छ ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे अध्यक्षमा भएको सभामा उपाध्यक्ष अप्सरा लामिछाने , वडा नं.१ का वडा अध्यक्ष दावा ग्यालिजेन शेर्पा, वडा नं.२ का अध्यक्ष पेम्वा लामाले नीति ,कार्यक्रम , बजेट तथा आर्थिक विधेयक पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस