सिन्धुपाल्चोक । संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको हाे ।अधिवक्ता प्रधानलाई आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय भएको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानाले बताएकी छिन् ।
प्रधानले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोक र सविधान निगरानी समूहमा पनि सक्रिय छन् ।
प्रधान संविधान तथा कानुन निर्माणकाे क्रममा विभिन्न विज्ञ सहित सरकारलाई सघाउँदै आएकाे संस्था नेपाल कानुन समाजका कार्यकारी अधिकृत हुन् ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस