सिन्धुपाल्चोक । चिन सरकारकाे सहयाेगमा निर्मित चाैतारा अस्पतालकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार उद्घाटन गरेका छन् ।
भूपम्पका कारण क्षतिग्रस्त अस्पताल भवन चिन सरकारकाे सहयाेगमा पुननिर्माण सम्पन्न भएको हाे ।२०७८ सालमा चिन सरकार र नेपाल सरकार विच सम्झौता भएकाे थियाे ।विभिन्न शाखा सहित ३९ काेठा रहेकाे अस्पताल भवन २०८० चैतमा निर्माण सम्पन्न भएको हाे ।
प्रदेश सरकारकाे मातहतमा रहेकाे यस अस्पताल ५० शैयाकाे हाे । ६३ जना स्वास्थ्य कर्मीकाे दरवन्दि स्वीकृत अस्पतालमा बिशेषज्ञ सहितकाे सेवा प्रवाह हुने मेडिकल सुपरिटेन्डेन्ट रुद्र बहादुर भण्डारीले बताए ।
उद्घाटन शत्रमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्य क्षेत्र नेपाल सरकारकाे पहिलाे प्राथमिकतामा रहेकाे बताए । उनले अस्पतालले जनतालाई गुणस्तर सेवा दिनेमा विश्वास व्यक्त गरे ।
सभामा पूर्व सभामुख अग्निप्रसाद सापकाेटा, नेपालका लागि चिनियाँ राजदुत छ्याङ सन, पूर्व स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेत, संघीय सांसद माधवप्रसाद सापकाेटा, बागमती प्रदेशका भाैतिक मन्त्री युवराज दुलाल , चाैतारा साँगाचाेकगढी नगरपालिका प्रमुख कृण्ण प्रसाद सापकाेटा र चाैतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्रबहादुर भण्डारीले मन्तब्य राखेका थिए ।
सभा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हाे । सभामा मन्त्री श्रेष्ठले अस्पताललाई अवस्यक सबै खालकाे सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गरे । साेहि अवसरमा नेपालका लागि चिनियाँ राजदुतलाई चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृण्ण प्रसाद सापकाेटाले सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस