सिन्धुपाल्चोक । याेजनाकाे रकम भुक्तानीकाे माग राख्दै बिहिवार बलेफी गाउँपालिकामा ज्ञानपन पत्र पेश गरिएको छ । याेजना सम्पन्न भएको महिनाै बितिसक्दा पनि पालिकाले भुक्तानी नदिए पछि ज्ञापनपत्र पेश गरिएकाे बलशिक्षा मावि खाडिचाैरका ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार नेपालले बताए ।
पहिलाे चरणमा ज्ञापनपत्र पेश गरिएकाे तर यसकाे सुनुवाइ ३ दिन भित्र नभए चरणबद्ध आन्दाेलन गरिने नेपालकाे भनाइ थियाे । अध्यक्ष र उपाध्यक्ष दुबै कार्यालयमा नभएकाले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र पेश गरिएकाे हाे ।
पालिकाकाे पदाधिकारीहरुकाे आन्तरिक कलहका कारण देखाएर सकिएकाे याेजनाकाे भुक्तानी नपाउनु गाउँपालिकाकाे रबैया भएकाे ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाले गत साउन पछि याेजनाकाे अनुगमन हुँन बाँकी भन्दै ४१ बढी सम्पन्न याेजनाकाे भुक्तानी दिएकाे छैन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहालले ज्ञापनपत्र अध्यक्ष ,उपाध्यक्ष दुवैलाई पठाउने र तत्कालै कार्यपालिका बैठक बाेलाईने प्रतिबद्धता जाहेर गरे ।
प्रतिक्रिया दिनुहोस