सिन्धुपाल्चोक । सशस्त्र प्रहरी बल, नेपाल नं.१६ हे.क्वा. काे आयाेजनामा विपद् प्रतिकार्य पूर्व तयारी याेजना अनुसार जल उत्पन्न प्रकाेप सम्बन्धि काल्पनिक घटना क्रमहरुलाई कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
साेमवार सुकुटे नजिकै सुनकाेशी नदि किनारमा साे अभ्यास गरिएकाे हाे । जिल्लामा वर्षादकाे समयमा हुने बाढि पहिराे संगै नदिले बगाउन सक्ने घटनालाई मध्य नजर गर्दै यस खालकाे विपद् बाट जाेगाउन यश खालकाे अभ्यास गरिएकाे सशस्त्र प्रहरी उपरीक्षक राजेश्वर पाेखरेलले बताए ।
अभ्यास कार्यक्रममा सुनकाेशी गाउँपालिका, बलेफी गाउँपालिका, चाैतारा साँगाचाेकगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयका बिपद् शाखाका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस, सिन्धु सदावहार अस्पतालका प्रतिनिधि तथा वडा अध्यक्षहरुकाे सहभागिता थियाे ।
प्रतिक्रिया दिनुहोस