२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

नवलपुर भ्याली स्कुलको वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित


  • न्युज कोशी
  • २०८० चैत्र २९, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • २४२ पाठक संख्या
  • नवलपुर भ्याली स्कुलको वार्षिकोत्सब,सम्मान,पुर्व प्राथमिक तहका विद्यार्थी दिक्षान्त एवं अभिभावक भेला सप्पन्न भएको छ ।
    कार्यक्रममा बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल (शरद)ले स्थापनाको १ बर्षमा इन्द्रावतीको शैक्षिक उन्नयनको लागि विद्यालयले महत्त्वपूर्ण योगदान पुर्याएको विद्यालय प्रति आभार प्रकट गरे । उनले सम्मानित हुने ब्यक्तिहरुले जिल्लामा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको लागि सुभकामना व्यक्त गरे ।

    कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिका भित्रका अन्य निजि विद्यालयको तुलनमा स्थापना भएको एक बर्षमै निकै ठुलो उपलब्धि हासिल गरेको भन्दै उनले विद्यालयलाई धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सचीव ऋषिराम नेपालले वार्षिकोत्सब सफलताको सुभकामना व्यक्त गरे । कार्यक्रमको अवसरमा पुर्व प्राथमिक तहका २० जना विद्यार्थीलाई दिक्षित गरिएको विद्यालयका प्रीन्सिपल बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

    कार्यक्रमको अवसरमा नवलपुर भ्याली पत्रकारिता सम्मान बाट पत्रकार देवराज सुवेदी, , साहित्य सम्मान बाट पत्रकार तथा साहित्यकार सुन्दर शिरिष, कला सम्मान बाट लोक गायक नवराज घोरासैनी र शिक्षा सम्मान बाट केतु बोर्डिङ स्कुलका प्रीन्सिपल एरोन लेप्चा सम्मानित भए ।

    कार्यक्रममा प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओमप्रकाश उप्रेती ,इन्द्रावती गाउँपालिकाका प्रवक्ता वडा नम्बर ५ का अध्यक्ष सशिनाथ आचार्या,वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ,वडा नम्बर ७ का अध्यक्ष रविन्द्रकुमार खाती,वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरि,वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा विभिन्न निजि विद्यालयका प्रतिनिधि लगायत शिक्षासेवि तथा समजसेवी हरुको उपस्थिति रहेको थियो ।

    विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष विमला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गायक नवराज घोरासैनी,साहित्यकार सुन्दर शिरिष लगायत,विद्यार्थी लगायतले आफ्नो प्रतिभा प्रस्तुत गरेक थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट