सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोककाे १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम चाैतारामा सुरु भएको छ । पार्टीका सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बाेहराकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन समाराेहमा पार्टीका पाेलिटब्युराे सदस्य गुरु बराल, शेरबहादुर तामाङ , सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज गाेकुल बास्काेटा, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल लगाएतकाले मन्तव्य राखेका थिए ।
तीन दिन सम्म चल्ने अधिवेशनले जिल्ला कमिटीकाे नयाँ कार्यसमिति चुन्ने सचिव रामचन्द्र बस्नेतले बताए । भाेलि आर्थिक, संगठनात्मक छलफल तथा प्रशिक्षण हुने छ ।
सहमति हुँदा भाेलि बेलुकानै नयाँ कमिटी घाेषणा हुन सक्ने छ । सहमति हुन नसक्दा भाेलि बेलुका मनाेनयन दर्ता र पर्सि आइतबार निर्वाचन हुनेछ ।
७ सय ४५ प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रकृयामा भाग लिनेछन् । जनबर्गीय संगठन र सम्पर्क समितिवाट कति जना प्रतिनिधि सहभागी हुने भन्ने विषयमा भने अझै विवाद रहेकाे छ । साे विषय टुङ्गो लगाउन अहिले जिल्लाका शिर्ष नेताहरुकाे बैठक भईरहेकाे बुझिएकाे छ । केही प्रतिनिधि बढ्न सक्ने बैठकमा सहभागी एक नेताले बताए । जिल्ला अध्यक्ष कमल नेपालकाे अध्यक्षता उद्घाटन शत्र सम्मपन्न भएको हाे । अधिवेशन आइतबार सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस