सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे नयाँ नेतृत्व चयनकाे लागि निर्वाचन सुरु भएको छ । २४ सय ८७ साधारण सदस्य र ७३ जना अजिवन सदस्य मतदान प्रकृयामा भागलिने छन् । अधिवेशनवाट पदाधिकारी तथा सदस्य गरि २७ जना निर्वाचन हुनेछन् ।
जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १ र १५ जना सदस्यकाे लागि निर्वाचन हुँदै छ । प्रथम उपाध्यक्ष, महासचिव , तृतीय उपाध्यक्ष , सचिव , सह काेषाध्यक्ष र महिला सदस्य २ जना निर्विरोध निर्वाचित भईसकेका छन् ।
बिहान ९ बजे देखि सुरु भएको मतदान प्रकृया बेलुका ५ बजे सम्म चल्ने प्रमुख निर्वाचन अधिकृत भिम प्रसाद पाैडेलले बताए ।
फोन: ०११-६२०४२७
मोबाईल: ९८५११७५२७४
चौतारा साँगाचोकगढी न.पा ५,सिन्धुपालोचोक
Website:- newskoshi.com
प्रतिक्रिया दिनुहोस