सिन्धुपाल्चोक । चर्चित सेलो गाएक प्रेम लोप्चन र लोकगाईका राधिका हमाल लगाएतको प्रस्तुतिले शनिवार चौतारा टुडिखे ततायो । लोप्चनको सजिहै, पिरती लाउँ लगाएतको सेलो भाकाले टुडखेल मात्रै गुन्जिएन उपस्थित युवा युवतिलाई समेत छमछमी नचायो ।
वषौं देखि सेलोगाएनमा चर्चित लोप्चनलाई आफ्नै आगनको टुडिखेल र चिनेजानेका दर्शकलाई झुमाउन सजिलो भयो । चर्चित लोक गाईका राधिका हमालको चम्चा पिलेट, दिलवाले केटाको खाँचो छ, लगाएतको लोक भाकाले पनि उपस्थित दर्शकलाई राम्रै संग नचायो । टुडिखेलमा चर्चित गाएकले प्रस्तुति दिंदा दर्शकले नाचेर धुलो उढाए ।
लोक गाईका राधिका ढकाल, सधावहार लोक गाएक सानु के.सी, भिमसेन खतिवडा, रामशरण ढकाल, सालिकराम लम्साल, कुमार चालिसे, सावित्री नेपाल र लक्ष्मी दर्नालको संयुक्त लोकदोहोरी प्रस्तुतिले महोत्सवलाई निकै आकर्षिक बनाएको थियो भने कलाकार सुरेन्द्र गिरी र मोडल यूनिसा रेग्मीको नृत्यले दर्शकलाई झनै नाच्नको लागि प्रोत्साहित गरेको थियो ।
शनिवार सार्वजनिक विदाको दिन सयौं संख्यामा स्थानीय दर्शकका साथै कार्यालयका कर्मचारी पनि समय निकालेर मेला पुगेका थिए । सिन्धु कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको तेस्रो दिन कलाकारहरु प्रताप ढुङ्गाना,योगेश लामा, जिवन लामा लगाएतकाले प्रस्तुति दिएका थिए ।
चैत १ गते वाट सुरु भएको महोत्सव चैत १३ गते सम्म संचालन हुँने र मनोरञ्जन बाहेक घरेलु उत्पादनका साथै ब्रान्डेड सामानको विक्री का साथै विभिन्न प्रकारका खानका स्टल राखिएको मेलाका व्यवस्थापक मनोज सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस