२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

दुवाचाैरमा स्वास्थ्य शिविर, दुई सय पचासले पाए सेवा


  • न्युज कोशी
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ३६५ पाठक संख्या
  • मेलम्ची नगरपालिका –७ दुवाचौरमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २५० जनाले सेवा लिएका छन ।स्तुपा सामुदायिक अस्पताल काठमाडौंको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ को आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।

    स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्त्री रोग सम्बन्धि सेवा , सामान्य चिरफार सेवा , सामान्य चिकित्सा सेवा, निःशुल्क औषधि वितरण सेवा र महिलाहरुको पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर आङ खस्ने तथा फिस्टुला रोगको परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको दुवाचौर स्वास्थ्य चौकीका प्रमुख रमिता लामाले जानकारी दिए ।
    थप उपचार गर्नुपर्नेलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटी काठमाडौंमा उपचार र औषधिमा बिशेष छुट गरिने अस्पतालका प्रसाशन शाखाका प्रह्लाद लामाले जानकारी दिए ।
    कार्यक्रमको उद्घान गर्देै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले टोल टोलमै विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य सेवा पुर्याउन नगरपालिका लागि परेको बताए ।
    बिशेष अतिथि उपप्रमुख उमा प्रधानले महिलाहरुले आफुमा भएको स्वास्थ्य समस्या निर्धक्क भएर राख्न आग्रह गिरन।
    गाँउ घरमै बिशेषज्ञ डाक्टर सहितको सेवा पाएकामा स्थानियले खुशी व्यक्त गरेका छन ।
    कार्यक्रम मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङको अध्यक्षतामा भएको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट