सिन्धुपाल्चोक । सेतिदेवी मावि चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.१३ ठुलाेसिरुवारीकाे ६३ अैां वार्षिकोत्सब , अभिभावक भेला तथा भूपु विद्यार्थी पुनर्मिलन समाराेह शुक्रबार सम्पन्न भएको छ ।
चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न समाराेहमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियाे ।
गत वर्ष यस विद्यालय कक्षा ८ र १० काे परीक्षामा पालिका प्रथम भएको हाे ।
समाराेहमा विद्यालयका पूर्व प्रअ शिवबहादुर के.सीले ५ लाखकाे सेतीदेवी शिव तारा काेषकाे रकम विद्यालयलाई हस्तान्तरण गरे । स्थापित काेषकाे रकम अलग्गै यस वर्ष पनि २ जना जेहेन्दार र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदन गरे ।
त्यस्तै जन्म भूमि सामाजिक संस्थाकाे तर्फवाट पनि गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियाे ।
समाराेहमा विभिन्न व्यक्तिद्वारा स्थापना गरेकाे काेष तथा विद्यालयकाे तर्फबाट शैक्षिक सामाग्री तथा छात्रवृत्तिको रकम हस्तान्तरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद दाहालले बताए ।
समाराेहकाे उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले नगरभरी १२ कक्षा सम्मकाे निशुल्क शिक्षाकाे लागि छलफल चलिरहेकाे बताए । विपन्न बालबालिकाकाे पठनपाठनकाे लागि नगरकाे केन्द्र भागमा आवशीय विद्यालय निर्माण गरिने र लाेपाेन्मुख र असहाय विद्यार्थीलाई पठन पाठनकाे व्यवस्थापन मिलाईने प्रमुख सापकाेटाकाे भनाई थियाे ।
सभामा वडा अध्यक्ष रामप्रसाद गाैतम, एमाले नेता इन्द्रबहादुर नेपाल, पूर्व प्र.अ. शिवबहादुर के.सी लगाएतकाले मन्तब्य राखेका थिए।
समाराेहमा विद्यालयका प्रअ रमेश गाैतमले विद्यालयकाे वार्षिक प्रतिवेदन पेश गरेका थिए भने शिक्षक तथा विद्यार्थीले आकर्षक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस