सिन्धुपाल्चोक । सुनकाेशी गाउँपालिका वडा नंं.७ काे वसन्तपुर चाैरमा निर्माण सम्मपन्न भएको विन्दबासिनी मन्दिरकाे शुक्रबार प्राण प्रतिष्ठा गरिएको छ ।
स्थानीयहरुकाे चन्दा सहयाेगमा निर्माण सम्पन्न भएको मन्दिर निर्माण गर्न ३२ लाख लगानीमा लागेकाे निर्माण समितिका अध्यक्ष सुकदेब तिमिल्सिनाले बताए ।
पाेखराकाे विन्दबासिनी मन्दिरकाे झल्काे दिने उक्त मन्दिरमा माता विन्दबासिनीकाे प्रतिमा राखिएकाे छ ।
बसन्तेश्वर महादेव रहेकाे परिषरमा निर्माण गरिएको मन्दिरकाे प्राण प्रतिष्ठामा पूर्व मन्त्री सरेश नेपाल, गाेरखनाथ कल्याण केन्द्रका अर्जुन प्रसाद रेग्मी , तिमिल्सिना समाज नेपालका अध्यक्ष नवराज तिमिल्सिना,वरिष्ठ उपाध्यक्ष कपिल तिमिल्सिना , महसचिव हाेम तिमिल्सिना तथा बागमती प्रदेश अध्यक्ष चन्द्रमणि तिमिल्सिना लगाएत सयौं चन्दादाता तथा स्थानीयकाे उपस्थिति रहेकाे वडा अध्यक्ष ईश्वर तिमिल्सिनाले बताए ।
बसन्तपुर मैदान यस अगाडि खेल मैदान मात्रै भनेर चिनिएकाे भए पनि अब खेल र धार्मिक केन्द्रकाे रुपमा चिनिने अवस्था बनेकाे सुनकाेशी गाउँपालिका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले बताए ।
यसै परिषरमा बाबा गाेरखनाथ मन्दिरकाे पनि शुक्रबार शिलान्यास गरिएको छ । स्थानीयकाे समेत सहयाेग र सहभागितामा गाेरखनाथकाे ९० फिट उचाइको भब्य मन्दिर बन्ने स्थानीय रामशरण तिमिल्सिनाले बताए ।
प्रतिक्रिया दिनुहोस