सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नं.५ मा निर्माण भएको मुक्ति घाट मलामी आश्रमकाे कलाकार जितु नेपालले एक धार्मिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । बलेफी वडा नं. ५ काे ५ लाख र स्थानीयकाे २ लाख चन्दा सहयाेगवाट आश्रम निर्माण भएको निर्माण समितिका अध्यक्ष महेश कुमार नेपालले बताए ।
आश्रम संगै तुलसा माेठ, शिवलिंग तथा बसाह निर्माण भएको हाे । स्थानीय कालिगढ तारा प्रसाद नेपालले निर्माण गरि चढाएकाे शिवलिंगकाे प्राण प्रतिष्ठा समेत गरिएकाे छ ।
पण्डित बाबुराम अधिकारी, देविनाथ काेईराला लगाएतका २६ जना पण्डित तथा पुराेहितद्वारा भागवत गिता, लघु रुद्रि तथा हाेम गरि शिवलिंगकाे प्राण प्रतिष्ठा गरिएको हाे । समाराेहमा सयाै स्थानीय तथा घाट उपभाेक्ताकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस