२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

अनेरास्ववियु ( क्रान्तिकारीको ) जिल्ला सम्मेलन सम्पन्न


  • २०८० माघ ६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ३१९ पाठक संख्या
  • “शिक्षा,स्वास्थ्य, रोजगारको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायका पक्षमा २० औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ अनेरास्ववियु ( क्रान्तिकारी ) को जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनबाट निश्चल सन्जेलको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
    अध्यक्ष ः निश्चल सन्जेल
    उपाध्यक्ष ः प्रदिप पराजुली

    उपाध्यक्ष ः कमल न्यौपाने

    उपाध्यक्ष ः सुदिप श्रेष्ठ
    सचिव ः प्रल्हाद वि.क.
    सह सचिव ः हितबहादुर तामाङ
    सह सचिव ः उमेश लामिछाने
    सह सचिव ः रुपा न्यौपाने
    कोषाध्यक्ष ः मञ्जु नेपाल

    सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले विद्यार्थी परिवर्तनका सम्बाहक भएकाले सहि राजनीतिक बिचारलाई अंगालेर हिड्नु पर्ने बताए । विद्यार्थीले चाहेमा ठुला ठुला आन्दोलनको आँधिवेहरी सिर्जनागर्न सक्ने हुँदा राष्ट्रियता र सामाजिक न्यायको पक्षमा लाग्न आग्रह गरे ।
    प्रतिनिधि सभा क्षेत्र नं.१ का सदस्य माधव सापकोटाले निःशुल्क र रोजगारमुलक शिक्षाको निम्ति वषांै देखि माओवादी र यसको भातृ संगठगन अनेरास्ववियु क्रान्तिकारी लाग्दै आएको चर्चा गरे । बागमती प्रदेशका भौतिक योजना मन्त्री युवराज दुलालले क्रान्तिकारी विद्यार्थी संगठन जिल्लाकै अग्रणी संगठन भएको चर्चा गरे ।
    सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पवन कार्की, महासचिव दिपेश पुन लगाएतकाले मन्तब्य राखेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट