चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्षको ६ महिनामा २७.९६ प्रतिशत रकम खर्च गरेको छ । चालु आ.व. ०८०÷०८१ को लागि विनियोजित १ अर्व २४ करोड ५२ लाख मध्ये पुस महिना सम्म ३४ करोड ८१ लाख ५७ हजार नौ सय बीस रुपियाँ खर्च गरेको हो ।
जसमध्ये पुंजिगत तर्फ ४३ करोड ५८ लाख २० हजार रहेकोमा २३ करोड ५२ लाख १८ हजार दुई सय असी र चालु तर्फ ८० करोड ९३ लाख ८० हजार मध्ये ३८ करोड ८१ लख २८ हजार ८ सय असी खर्च भएको छ । खर्च भएको मध्ये पुंजिगत तर्फ १८.८९ प्रतिशत र चालु तर्फ ३१.१७ प्रतिशत रहेका छ । विहिवार आयोजित १५ औं नगरसभामा नगरपालिकाको प्रगति विवरण सुनाउँदै उपप्रमुख सिता थापाले सो विवरण पेश गरेकी हुन् ।
नगरपालिकाको १५औं सभामा सुशासन तथा सार्वजनिक सेवा प्रबाह, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, खानेपानी तथा सरसफाई, योजना तथा कार्यक्रम, विपद व्यवस्थापन, कृषि विकास, पशु सेवा, सूचना प्रविधि तथा संचार उद्यम विकास, श्रम तथा रोजगार, लक्षित वर्ग तर्फ महिला, बालबालिका, अपाङ्गता, न्यायिक सेवा र व्यवसाय तथा उपभोक्ता तर्फको अर्धवार्षिक प्रगति विवरण पेश गरिएको थियो ।
सभामा नगर प्रमुख कृष्णप्रसाद सापकोटा द्धारा प्रस्तुत विनियोजन विधयकको संसोधन प्रस्ताव र उपप्रमुख सिता थापाद्धारा प्रस्तुत प्रगति विवरण एकमतले पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर के.सी.ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस