बलेफी–२ का घमेश थापाले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रले सामान्य भन्दा सामान्य सेवा पनि दिन नसकेको गुनासो गरे । दिर्ग रोगीको नियमित जाँच गर्ने ब्यवस्था मिलाउनु पर्ने, विब्यस गठनमा पारदर्शिता अपनाउनु पर्ने लगाएतको माग राखेका थिए ।
बालशिक्षा माविका प्रअ यदुनाथ नेपालले योजना तजुमा गर्दा नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरे । बलेफी–५ का कुमार लामाले उपभोक्ता समिति गठन गर्दा पारदर्शिता अपनाउनु आग्रह गरे । सोही ठाउँका चित्रबहादुर दमैले सरकारी विद्यालयको पढाई पूर्णरुपले निःशुल्क हुनु पर्ने, गाउँमा रहेका गार्मेन्ट आर्थिक अभावले चल्न नसकेकाले संचालनको लागि सघाउनु आग्रह गरे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा राष्ट्रिय जनमोर्चाका दिर्गबहादुर सुवेदी, जालपादेबीका विब्यस सदस्य महेशकुमार नेपाल, विन्जेल दुग्ध उत्पादक सहकारीका सचिव मायाँनाथ नेपाल, शिक्षक गंगाप्रसाद पौडेल, बलेफी २ का राजिव हमाल, बलेफी ४ का जिवननाथ नेपाल, विद्यार्थीहरु आहाना तामाङ र सुस्मिता नेपाल लगाएतकाले गुनासो राखेका थिए ।
गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लमा तामाङ, प्रमुख प्रशासकीय अधिकृत रेवन्त दहाल, वडा नं.२ का अध्यक्ष छविप्रसाद न्यौपाने, वडा नं.३
का अध्यक्ष रितेश तामाङ, वडा नं.४ का अध्यक्ष सूर्ये तामाङ र वडा नं.५ का अध्यक्ष यादव ठकुरीले जिज्ञासाको जवाफ दिएका थिए ।
त्यस्तै शिक्ष अधिकृत सलबहादुर पाण्डे, लेखा अधिकृत बलकृष्ण दाहाल लगाएतका शाखा प्रमुखले नागरिकको गुनासोको सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस