२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

सुर्यमुखीको १८औं वार्षिक साधारण सभा सुरु


  • २०८० पौष १५, आईतबार मा प्रकाशित ११ महिना अघि
  • २५८ पाठक संख्या
  • सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा आज बाट सुरु भएको छ । आज काठमाडौ जोरपाटी स्थित नयाँ छिमेकी पार्टी प्यालसमा एक कार्यक्रम गर्दै सहकारीले साधारणसभाको सुभारम्भ गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री , राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशवप्रसाद बडालले सहकारि सहकारीकै मर्म अनुसार चल्नपर्ने बताउनुभयो । उहाँले सहकारीको मर्म सिद्धान्त र उदेश्य अनुसार नचल्दा अहिले सहकारीहरुमा समस्या आएको बताउनुभयो ।उहाँले सहकारी सबल बनाउन सहकारीका सदस्य र सञ्चालक दुबैको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सहकारीको इतिहास बारे चर्चा गर्दै बडालले अहिले पनि सहकारी प्रतिको बिश्वास गुम्न नदिनका लागी राज्यदेखिनै सच्चिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष एवम् कार्यक्रममा सभापति मित्रलाल चौलागाईंले अहिलेको सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउनुभयो । अहिले अवैध रुपमा भारत बाट दुध नेपाल भित्रीरहदा समेत सरकारले बेवास्ता गरिरहेको बताउनुभयो । नेपालमै उत्पादन हुने तरकारी ,दुध मासु लगायतका बस्तुहरुले बजार नपाउने तर बाहिरी मुलुक बाट धमाधम सामाग्री आयात गर्नुले किसान अहिले ठुलो समस्यामा परेको चौलागाईंले दावी गर्नुभयो । उहाँले किसानले ब्यबशायीक रुपमा उत्पादन गरेका बस्तुले बजार नपाएर फाल्नुपर्ने स्थितिको अन्त्यका लागी सरकारले उत्कृष्ट किसान लक्षित निति अंगालन पर्ने बताउनुभयो । अध्यक्ष चौलागाईंले नेपालभरि सहकारी बद्नाम भइरहेका बेला सुर्यमुखीको यो अवस्था प्रती सदस्य हरुले गौरव गर्न पर्ने बताउनुभयो । अझै धेरै सेवा र सुविधा दिने गरि सहकारीले काम गर्ने योजना बनाइरहेको चौलागाईंले जानकारी दिनुभयो ।

    कार्यक्रममा सिन्धुभोटेचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमकान्त चौलागाईंले अहिले सहकारीको कहालीलाग्दो अवस्था बाट माथी उकास्नका लागी सरकारको ध्यानाकर्षणका लागी प्रमुख अतिथिलाई आग्रह गर े। उनले नीतिनिर्माण गर्ने ठाउँमा बस्नेले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

    मेलम्ची नगरपालिकाको ६ वटा वडा कार्यक्षेत्र रहेको यस संस्थामा तिन हजार १३ शेयर सदस्य रहेका छन् । यस बर्ष संस्थाले चार दिन ४ ठाउँमा साधारणसभा गर्ने निर्णय गरेकोले पहिलो दिन आज काठमाडौमा बसोबास गरिरहेका सदस्य हरुको लागि काठमाडौको नारायणटार स्थित छिमेकी पार्टी प्यालेस मा पहिलो साधारणसभा गरेको संस्थाका प्रबन्धक गोविन्द नेपालले जानकारी दिए ।

    कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा,३ का अध्यक्ष कुमार बन्जरा अन्य जनप्रतिनिधिहरु विभिन्न सहकारी संस्थाका प्रतिनिधि , शिक्षाबिद , समाजसेवी हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका काेषाध्यक्ष गोबिन्दप्रसाद चौलागाईंले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक कमलमणी खनालले लेखा प्रतिवेदन र संस्थास्थाको सहायक प्रबन्धक बिना पोखरेलले आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट