२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

प्रहरीद्धारा वृद्ध वृद्धालाई फलफूल वितरण


  • २०८० मंसिर २७, बुधबार मा प्रकाशित १ साल अघि
  • ३७३ पाठक संख्या
  • जिल्ला प्रहरी कर्यालय सिन्धुपाल्चोकले चौतारा वृद्धाश्रममा फलफूल वितरण गरेको छ । फलफूल वितरण संगै प्रहरीले वृद्ध वृद्धाहरु संग सक्षात्कार समेत गरेको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा फलफूल वितरण गरेको हो ।

    यस अगाडिपनि जनै पूर्णिमाको दिन पारेर फलफूल वितरण तथा आर्शिवाद ग्रहरण गरिएको थियो । वृद्धाश्रममा हाल १७ जना बेसाहरा वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले अन्य सामाजिक सचेतनाको कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जसमध्ये नागरिक सुनुवाई कार्यक्रम, सचेतना मूलक भिडियो प्रदर्शनी, मन्दिर तथा सार्वजनीक स्थलको सरसफाई, अल्पसंख्यक समूदाय भेटघाट, स्कूल सम्पर्क कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम र साईबर अपराध सम्वन्धि सचेतना मूलक कार्यक्रम संचालन गर्दै आईरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी निराजन भट्टराईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट