२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

मैत्रीले २० प्रतिशत नगद लाभांश बाँड्ने


  • न्युज कोशी
  • २०८० आश्विन २८, आईतबार मा प्रकाशित १ साल अघि
  • ३५७ पाठक संख्या
  • ध्रुव दंगाल / सिन्धुपाल्चोक
    चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
    संस्थाको शनिबार सम्पन्न १४ औँ वार्षिक साधारण सभाले कूल मुनाफाको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले चालु वर्षमा ४९ लाख ३४ हजार २ सय ६४ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
    अघिल्लो वर्ष संस्थाले ४१ लाख ८१ हजार रुपैयाँ मुनामा कमाएको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष रुपक धितालले अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १८ प्रतिशत मुनाफा बृद्धि भएको बताए । उनका अनुसार संस्थाले आगामी वर्षमा मुनाफा रकम बृद्धि गरी ५५ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ ।
    चालु वर्षमा संस्थाले कूल कारोबार रकम ९ करोड ४५ लाख ६० हजार रुपैयाँ पु¥याएको छ । संस्थाको शेयर पूँजी १ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।  १ करोड ६८ लाख ५८ हजार जगेडा कोष पुर्यायाएको संस्थाको ५ करोड ७ लाख ४७ हजार रुपैयाँ ऋण लगानीमा छ । चालु वर्षमा ऋण असुली दर ११ प्रतिशतले बढेको संस्थाले जनाएको छ । संस्थामा ६ सय ६८ शेयर सदस्य रहेका छन् ।
    संस्थाले सामाजिक दायित्व अन्तर्गत सुत्केरी पोषण, सदस्य मृत्यु कोष, असल बचतकर्ता तथा ऋणीलाई प्रोत्साहन, स्थानीय विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई वार्षिक नगद ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने लगायत कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष धितालले जानकारी दिए । ‘स्वरोजगारी बृद्धिको लागि आवश्यक कार्यक्रमहरुमा लगानी गर्न क्षेत्र पहिचान गर्ने काम भइरहेको छ,’ शेयर सदस्यलाई बढीभन्दा बढी लाभ दिने बताउँदै उनले भने ।
    साधारण सभाले संस्थाको भवन बनाउने उद्देश्यले आवश्यक जग्गा खरिद गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । साधरणसभाको संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका थिए । साधारण सभामा उनलाई संस्थाले सम्मानसमेत गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट