२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

 दुध बेचेर एकै गाउँमा २ करोड ९२ लाख आम्दानी 


  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८२६ पाठक संख्या
  • सिन्धुपाल्चोक \  बलेफी गाउँपालिका विन्जेलका कृषकहरुले दुध बेचेर एक वर्षमा २ करोड ९२ लाख वढी रकम कमाएका छन् । गाउँमै संचालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्था मार्फत दुध बेचेर उनिहरुले सो रकमा कमाएका हुन् । बलेफी गाउँपालिका –४ विन्जेलका कृषक डिल्लीराम नेपालले एक वर्षमा  १३ हजार ९ सय ७९ लिटर दुध बेचेर ८ लाख २३ हजार ६ सय कमाएका छन् । चार वटा गाई पालेका नेपालले दैनिक ३०–३५ लिटर दुध बेच्ने गरेका छन् । उनि यस संस्थामा सबै भन्दा बढी दुध बेच्ने कृषक हुन् ।
        अर्का कृषक ताराप्रसाद नेपालले ११ हजार ४ सय ५४ लिटर दुध बेचेर ६ लाख ८२ हजार १ सय ९९ रुपिंया कमाएका छन् । त्यसैगरि तोयानाथ नेपालले ११ हजार लिटर दुध बेचेर ६ लाख ३३ हजार ३ सय र रविन्द्र नेपालले ३ हजार ३ सय २४ लिटर दुध बेचेर ६ लाख २१ हजार २ सय कमाउन सफल भएका हुन् । एक वर्षमा उनिहरुले सो रकम कमाएका हुन् ।
                मिहिनेत गर्ने हो भने घरमै बसेर मनग्ये आम्दानी गर्न सकिने उदाहरण उनिहरुले देखाएका छन् । धेरै दुध बेचे बापत उनिहरुले  नगद सहित पुरस्कार समेत पाएका छन् ।  प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संस्थाको ३० औं साधारण सभाको अवसरमा आयोजित सभामा उनिहरुलाई पुरस्कृत गरेका हुन् । घरमै बसेर खेतीपती र वस्तुभाउ दुवै पेशालाई सँगै लगेर लखपति बन्न   सकेकोमा खुशी खुसि व्यक्त गर्दछन् ।
        उनिहरु जस्तै २ सय ८० जना कृषकले नियमित रुपमा दुध बेच्दै आईरहेका छन् । संस्थाले गत आ.व. मा मात्रै ४ लाख ७७ हजार ७ सय ७९ लिटर दुध संकलन तथा बिक्री गरेको ब्यबस्थापक द्धारीका नेपालको भनाई छ । दुध विक्री वाट मात्रै संस्थाले एक वर्षमा २ करोड १ लाख दश हजार आम्दानी गरेको छ ।  संस्थाले एक वर्षमा ७ करोड ५१ लाख २८ हजार ५ सय २२ रुपिंयाको कारोवार गरेको नेपालले बताए । जसमा दुध बिक्री, ढुटो पिना खरिद तथा बिक्री र रासायनिक मल खरिद तथा बिक्रीको कारोवार गर्दै आएको हो ।
    संस्थाको शेयर सदस्य भने ४ सय ३६ छन् । सबै सदस्यहरु बचत कार्यक्रममा नियमित सहभागी रहदै आएको संस्थाका सचिव मायाँनाथ नेपालले बताए । संस्थामा व्यवस्थापक १, सह व्यवस्थापक र दुवानी कर्मचारी  गरी ७ जना कर्मचारी दैनिक रूपमा उक्त संस्थामा काम गर्ने गरेको सचिव नेपालले बताए ।
    बचत कार्यक्रम सञ्चालनबाट गत अ.व.मा मात्रै  २० लाख २७ हजार बचत संकलन गरेको छ । हाल संस्थाको बचत तथा ऋण कारोवार भने १ करोड ८ लाख ७० हजार गरेको छ । सेयर सदस्यहरूले कम्तिमा पनि मासिक रूपमा १०० रुपियाँ बचत गर्नै पर्ने नियम संस्थाले बनाएको छ । गाई, भैंसी खरिद तथा घरायसी खर्चको लागि १२ प्रतिशत व्याज दर र बढीमा १ लाख सम्म बिनाधितो ऋण प्रवाह गरिरहेको व्यवस्थापक नेपालले बताए ।
    विभिन्न बैंकहरूसँग समन्वय गरेर न्यून ब्याजमा पशु खरिदको लागि ऋण लिने पहल गरिएको संस्थाका  अध्यक्ष यदुनाथ नेपालले बताए । बलेफी ४ विन्जेलमा रहेको संस्थाबाट दुध बलेफी भैंसे अवस्थित दुग्ध चिस्यान केन्द्रमा गाडीबाट दुवानी गदै आएको संस्थाले अब डिडिसीको गाडी मार्फत पठाउने योजना बनाएको अध्यक्ष नेपालले बताए ।
    साधारण सभामा प्रमुख अतिथि संघीय संससद माधव सापकोटा, जिल्ला समन्वय समितिका उप–प्रमुख पदमनाथ नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ लगाएतकाले संस्थाको विकास र कृषकको आयस्थर बढाउन सघाउने बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%५%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट