२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

स्थानीय तह कर्मचारी सरोकार संघर्ष समितिले बुझायो ध्यानाकर्षण –पत्र


  • २०८० आश्विन ७, आईतबार मा प्रकाशित १ साल अघि
  • ३२७ पाठक संख्या
  • स्थानीय तह कर्मचारी सरोकार संघर्ष समिति सिन्धुपाल्चोकले बिभिन्न १५ बुंधे माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन– पत्र बुझाएको छ । आईतवार सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठलाई समितिका अध्यक्ष रामप्रसाद न्यौपाने लागाएतका कर्मचारी टोलीले ध्यानाकर्षण पत्र– बुझाएका हुँन ।

    सरकारले ल्याउन लागेको संघीय निजामती ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई बेवास्था गरेको भन्दै अभिलम्व माग पुरा गर्न समेत समितिले भनेको छ ।

    सरकारले ल्याउनलागेको संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती ऐन जारि गरिनु पर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीलाई निजामतीको परिभाषा भित्र समेटिनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकोनै रहने व्यबस्था गरिनु पर्ने लगाएतको माग उनिहरुको छ ।

    तीनवटै तहका कर्मचारीमा तहगत प्रणाली लागू गरिनु पर्ने, हाल तीनै तहवाट सिफारीस भई कार्यरत कर्मचारीलाई तीनै तहमा स्वचालित तवरले पदस्थापना तथा सरुवाको व्यबस्था सघीय मामिलावाट हुनुपर्ने माग उल्लेख छ ।
    समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीको जेष्ठताको आधारमा संघमा सरुवा हुन पाउने व्यबस्था गरिनु गर्ने, स्थानीय तहका कर्मचारीलाई अन्तर प्रदेश सरुवाको व्यबस्था गरिनु पर्ने, तीनै तहका कर्मचारीहरुको ५|५ वर्षमा बढुवाको व्यबस्था हुनु पर्ने माग कर्मचारीहरुको छ ।

    त्यसै गरि स्थानीय तहका कर्मचारीलाई एक पटकको लागि बढुवा पक्रियाद्धारा संघीय सेवामा जानपाउने व्यबस्था गरिनु पर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित निवृतिभरण कोषको व्यबस्था गरिनु पर्ने माग उनिहरुको छ ।
    स्थानीय तहका कर्मचारीलाई सेवा प्रवेश तथा रिफ्रेसर तालिमको साथै वृति विकासको व्यबस्था हुँनु पर्ने, लामो समय करार अवधिमा कार्यरत कर्मचारीलाई विना उमेरहद आन्तरिक प्रतिश्पर्दाको आधारमा स्थायी गर्ने व्यबस्था गरिनु पर्ने लगाएतको माग ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट