२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

ठडियो धरोहर – कृष्ण मन्दिरको पुर्ननिर्माण सम्पन्न


  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४९१ पाठक संख्या
  • चौतारा/ सिन्धुापाल्चोकको सदरमुकाम चौतारामा पुननिर्माण भएको कृष्ण मन्दिरको बुधवार एक कार्यक्रमको वीच उद्घाटन भएको छ । निवर्तमान सभामुख अग्नी प्रसाद सापकोटाले मन्दिरको उद्घाटन गरेका हुन् । पुरातत्व विभागको २ करोड लागानीमा मन्दिर पुननिर्माण सम्पन्न भएको हो ।

    वि.स. १९६४ सालमा स्थापना भएको (११६ वर्ष अघि ) पुरातन मन्दिर ७२ सालको भुकम्पवाट पूर्णरुपले क्षति भएको थियो । प्यागोडा शैलिमा निर्माण भएको मन्दिरमा सालको काठ, तेलीय ईट्टा, सुर्की तथा माटाको झिगटीको प्रयोग भएको निर्माण व्यवस्थापन समितिका अध्यक्ष सुरेश कसजुले बताए ।

    दुई तल्ले मन्दिरको तल्लो भागमा भजनकिर्तन गर्ने स्थल छ । माख्लो तल्लामा राधा, कृष्ण र रुकमिणीको प्रतिमा छ । यस अगाडि सालिग्राम पथ्थरको प्रतिमा रहेको र सो साथमा हालै स्थानीय समाजसेवी भक्तध्वज प्रधानको परिवार जनबाट चढाएको ढलौटको प्रतिमा रमेत राखिएको अध्यक्ष कसजुले बताए ।

    मन्दिर परिषरमा स्थानीय उमेश कसजु परिवारको तर्फवाट प्रतिक्षालय तथा विश्राम स्थलको समेत निर्माण भएको छ । उद्घाटनको शिलशिलामा नगरप्रमुख कृष्णप्रसाद सापकोटा लगाएतकाले ऐतिहाँसिक, धार्मिक एवं पुरातत्व मन्दिर यस नगरको गौरवको धरोहर भएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट