२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

गौ हत्याको विरोधमा प्रजिअलाई ज्ञापन –पत्र


  • न्युज कोशी
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित १ साल अघि
  • २३९ पाठक संख्या
  •  

    धरानमा भएको गौ हत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले ज्ञापन –पत्र बुझाएको छ । मंगलवार राप्रपाका जिल्ला अध्यक्ष निलध्वज थापाको नेत्रृत्वले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापन –पत्र बुझाएको हो ।

    गाई हिन्दुहरुको पुज्य बस्तु मात्र नभएर नेपालको राष्ट्रिय जनावर समेत भएकोले गाई हत्यागर्नु दण्डनीय कार्यको बिरोधमा ज्ञापन –पत्र बुझाईएको अध्यक्ष थापाले बताए । ज्ञापन– पत्र बुझाउन राप्रकाका दर्जनौं नेता तथा कार्यकर्ताहरु नाराबाजि सहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

    सोमवार पनि विश्व हिन्दु माहाँसंघ जिल्ला समिति सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन– पत्र बुझाएको थियो । महासंघको केन्द्रीय सदस्य पुण्यप्रसाद सापकोटाको नेत्रृत्वको टोलिले ज्ञापन–पत्र बुझाएको हो । गौहत्या गर्नु महाँपाप कर्म भएको र अरुको धर्म र आस्तामा आँचआउने कार्य नगर्न ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

    बहुसंख्यक हिन्दुहरु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनि ओमकार परिवारलाई खुल्ला चुनौति दिने, हिन्दुहरुको मन्दिर अगाडि चर्च बनाएर धार्मिक तथा सामाजिक हिंसा निम्त्याउन खोज्ने क्रियाकलापले कसैलाई फाईदा नदिने हुनाले यसखालको गतिविधि नगर्न राप्रपावाट पेश गरिएको ज्ञापन –पत्रमा भनिएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट