२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोको अध्यक्षमा दिपेन्द्र थापा, अन्य पदाधिकारी पनि सर्वसम्वत निर्माचित


  • २०८० भाद्र ६, बुधबार मा प्रकाशित १ साल अघि
  • ६५९ पाठक संख्या
  • निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको १६ औं साधारण सभा तथा ७ औं अधिवेशनवाट दिपेन्द्र थापा सर्वसम्वत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    संघको निर्वाचन प्रकृयामा अध्यक्ष पदमा थापाको मात्र मनोनयन परेको हो । त्यसै गरि प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ र तृतीय उपाध्यक्षमा घनश्यामा नेपाल सर्वसम्वत रुपमा निर्वाचित भएका हुन् ।त्यस्तै महासचिवमा जयचन्द्र लामा, सचिवमा डवले लामा, कोषाध्यक्षमा बालसुन्दर कटवाल र सह कोषाध्यक्षमा राजेन्द्र विक्रम थापा -देवेन्द्र- सर्वसम्वत रुपमा निर्माचित भएको निर्वाचन मण्डलले जनाएको छ ।

    सदस्य पदमा आवश्यक पर्ने ६ पदमा भने १८ जनाले मनोनयन पत्र पेश गरेका छन् । मनोनयन पत्र फिर्ता लिन चाहनेलाई बिहिवार  भोली साढे ८ बजे सम्मको समय दिईएको छ । मतदान प्रक्रिया भने दिनको ११ वजे देखि ३ बजे सम्मलाई तोकिएको अध्यक्ष छत्रबहादुर तामाङले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट