२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

शिक्षकहरु आन्दोलनमा


  • २०८० श्रावण ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • ५४८ पाठक संख्या
  • विगतमा भएका ३० बुँधे र ५१ बुँदे सम्झौता र सहमतीलाई बेवास्ता गर्दै सरोकारवालाहरुसंगको छलफल बिनानै ल्याउन लागिएको विद्यालय शिक्षा ऐन को विरुद्धमा शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ ल्याउन लागिएको शिक्षा ऐन २०८० मा उल्लेख भएका मस्यौदाका कतिपय दफाहरु सामुदायिक विद्यालय तथा शिक्षक मैत्री नभएको ठहर शिक्षक महाँसंघको छ ।

    शिक्षक महासंघको अगुवाईमा मंगलवार शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुपाल्चोकमा धर्ना तथा ज्ञापन पत्र पेश गरिको छ । नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कुमार खतिवडाले शिक्षा विकास तथा समन्वय ईमाइ प्रमुख कृष्णप्रसाद सुवेदीलाई ज्ञापन पत्र पेश गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख सुवेदीले शिक्षकहरुको जायज माग सम्वोधन गर्न सकार लाग्ने विश्वास व्यक्त गरे ।

    ल्याउन लागिएको विद्यालय शिक्षा ऐनकै विरोधमा आईतवार पनि देशैभरका शिक्षकहरुले गाउँपालिकामा धर्ना दिएका थिए । साथै पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका थिए । सिन्धुपाल्चोक जिल्लाका बाह्रैवटा पालिकामा शिक्षकहरुले धर्ना तथा ज्ञापन पत्र पेश गरेका हुन् ।

    सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ नेपालले गत सोमवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रिपरिषदमा बिचाराधिन रहेको विद्यालय शिक्षा सम्वन्धी कानून संसोधन र एकिकरण गर्न बनेको विधेयक सरोकारवालाहरु संग छलफल र परामर्श विना नै ल्याएको र सो ऐन त्रुटिपूर्ण रहेको निश्कर्ष सहित आज देश भरका ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको हो ।

    महासंघले बिभिन्न पाँचबुंधे माग सहितको ज्ञापन पत्र बुझाईएको हो । महासंघले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत गणेश पुरी समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
    सरकारले ल्याउन लागेको नयाँ ऐनमा शिक्षकहरु सभा जुलुस तथा धर्नामा सरिक हुन नपाउने, विद्यालयको व्यबस्थापनको जिम्मा जनप्रतिनिधिलाई दिने, विद्यालय कर्मचारी, सहयोगी कर्मचारी तथा बालविकास सहजकर्ताको सेवा सुविधाको जिम्मा स्थानीय सरारलाई दिने लगाएतको प्रावधान ल्याउन लागेको प्रति शिक्षकहरुो आपति रहेको शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खातिवडाले बताए । २०७५ साल पछाडी स्थायी नियुक्ति लिएका शिक्षकलाई निवृतिभरण नदिने,माध्यमिक शिक्षक हुन स्नातकोत्तर पास गर्न पर्ने तर  सेवा सुबिधा पुरानै हुने लगाएतकाे प्रावधान पनि व्यवारिक नभएको खतिवडाको भनाई छ ।

    शिक्षकहरुले साउन ३२ गते प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा धर्ना तथा माग पत्र पेश गर्ने र भदौ १ गते प्रदेश तथा संघीय सांसदहरुलाई भेटी माग पत्र पेश गर्ने कार्यक्रम रहेको शिक्षक महासंघले जनाएको छ । पहिलो चरणको आन्दोलनवाट पनि शिक्षकका मागको सुनुवाई नभएमा काठमाडौं केन्द्रीत दोस्रो चरणको आन्दोलनको घोषणा हुन शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष खतिवडाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट