जिल्ला अनुगमन समिति सिन्धुपाल्चोकले जिल्लामा संचालित होटल तथा किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको छ । बजारमा मिसावटयुक्त चिनी तथा अन्य खाद्य बस्तुको विगविगी बढेको भन्ने सूचना आए लगतै बजार अनुगमनलाई तिव्रता दिएको हो ।
मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको नेतृत्वमा सदरमुकाम चौताराका होटल तथा पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बजारमा चिनी लगाएताका खाद्य बस्तुमा अखाद्य बस्तुको प्रयोग भएको गुनासो आएपछि अनुगमना गरिएको तर बजारमा त्यसखालको मिसावट नभेटिएको श्रेष्ठले बताए । बजार अनुगमन नियमित प्रकृया भएकोले यसलाई निरन्तरता दिईने र कतै मिसावट तथा कालो बजारी भएको छ भने जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्वन्धित निकायमा खबस गर्न समेत सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस