सिन्धुपाल्चोक ,८ असार
चौतारा सागाँचोकगढी नगरपालिकाले आर्थिक बर्ष ०८०/८१को लागि १ अर्ब २४ करोड ५२ लाख बजेट सार्वजनिक गरेको छ । शुक्रबार आयोजित नगरसभामा उपप्रमुख सिता थापाले बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरेकी हुन् । नीतिमा स्वास्थ्य, शिक्षा, कृषि तथा पशुन्छी विकास ,रोजगार ,पर्यटन विकास तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ ।
सभाले नगर गौरवका योजनाका लागी १ करोड विनियोजन गरीएको छ । कृषि क्षेत्रका लागी ३ करोड ५० लाख, पुर्वाधार तर्फ सिंचाई खानेपानी तथा सरसफाई समेतलाई गरी ८ करोड बजेट बिनियोजन गरीएको छ ।पशु विकास सेवाका लागी १ करोड ५० लाख र रोजगार सिर्जनाका लागी १ करोड ५० लाख बजेट विनियोजन गरीएको छ ।
बिभिन्न वडा कार्यलय भवन निमार्ण तथा भवन मर्मतका लागी १ करोड ५० लाख, स्वास्थ्य तर्फ ३ करोड विनियोजन गरीएको छ ।शिक्षा युवा तथा खेलकुद तर्फ ४ करोड ७० लाख रकम विनियोजन गरीएको छ । लक्षित वर्गका लागी १ करोड ७० लाख बजेट विनियोजन गरीएको छ ।
केही वडा अध्यक्ष तथा सदस्यहरुको विरोधका बाबजुध प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट आगामी २८ गते बस्ने अर्को अधिबेशनले पारित गरिने नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस