२०८१ पौष २६, शुक्रबार | Fri, 10, Jan, 2025

प्रधानमन्त्री पुष्पकमल दाहालले गरे मेलम्ची खानेपानी मुहानको अवलोकन, स्थानीयले गरे सडक र रोयल्टीको माग


  • २०८० अषाढ २, शनिबार मा प्रकाशित १ साल अघि
  • ४०१ पाठक संख्या
  • मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

    शनिबार विहान मेलम्ची क्षेत्र पुगेका उनले हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी लिएका हुन् ।

    मेलम्चीको संरचना मर्मतमा ढिलाई भईरहेको भन्ने जानकारी पाएपछि आफू स्थलगत अवलोकनको लागि आएको उनले प्रष्ट्याए । उनले मेलम्चीमा आएको बाढीले  भोग्नुपरिरहेको समस्याका बारेमा समेत जानकारी लिएका थिए ।

    प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने बताए । प्रधानमन्त्री दाहालले आयोजनाको मुहान, मूख्य सुरुङ रहेको अम्बाथान क्षेत्र र मेलम्ची खानेपानी आयोजनाका सम्पूर्ण पक्षकोबारे जानकारी लिएका थिए । आयोजनाका बारेमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले प्रधानमन्त्रीलाई जानकारी गराए ।

    प्रधानमन्त्री संगै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत, खानेपानी मन्त्री महेन्द्र राय यादव, बागमती प्रदेशका भौतिक तथा योजना मन्त्री युवराज दुलाल लगाएतले खानेपानी मुहानको अबलोकन गरेका थिए ।

    यसै वीच प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्लाल्जेन शेर्पा तथा मेलम्ची नगरपालिकाका प्रमुख आईतमान तामङाले सडक, खानेपानीको लेभी तथा बाढी पछिको पुर्ननिर्माणमा सरकारले ध्यान नदिएकोे भन्दै ज्ञापन पत्र समेत बुझाएका छन् । १९ बुँधे ज्ञापन पत्र बुझाउँदै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रधानमन्त्री दाहाल समक्ष हेलम्बुबासिले भने गौरवको आयोजना भनेर सरकारलाई सहयोग गर्दै आएको भएपनि सरकारले भने स्थानीयको मागको बेवास्था गरेको बताए ।

    मेलम्चीको पानी काठमाडौं लगेर शुल्क लिने हो भने हेलम्बु लगाएत प्रभावित क्षेत्रका बासिन्दाले पनि लेभी पाउनु पर्ने शेर्पाको भनाई थियो । बाढी पछाडी यस क्षेत्रमा सडक तथा नदीको कटान रोक्न सरकारले ध्यान नदिएको भन्दै अभिलम्ब स्थानीयको माग सम्बोधन गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट