पत्रकार विमल नेपालको उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा पत्रकार नेपालको नयाँ उपन्यास ‘पीपला’ सार्वजनिक भएको हो ।
इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमा फणिन्द्र कुमारी नेपालले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् ।
प्रतिक्रिया दिनुहोस