२०८१ पौष २६, शुक्रबार | Fri, 10, Jan, 2025

पूंजिगत खर्चमा प्रगति गर्दै लिसंखुपाखर गाँउपालिका


  • २०८० जेष्ठ १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ३९० पाठक संख्या
  • लिसंखु पाखर गाउँपालिकाले यस आर्थिक वर्षको जेठ सम्म ६६.८३ प्रतिशत पूंजिगत खर्च गरेको छ । जनप्रतिनिधिहरुको पहिलो १ बर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा पालिका अध्यक्ष राजु लामाले सो प्रगति विवरण सार्वजनिक गरेका हुन् । लामाका अनुसार पालिको चालु भन्दा ४.२ प्रतिशत वढी पूंजिगत खर्च गर्न सफल भएको हो । चालु तर्फ २४ करोड १० लाख ३७ हजार २ सय ४२ रुपिंया अर्थात ६२.६३ प्रतिशत र पूंजिगत तर्फ १२ करोड ६१ लख ४ सय ६५ मध्ये ६६.८३ प्रतिशत खर्च गर्न सफल भएको हो ।
    पहिलो बर्षको प्रगति विवरणमा भौतिक पूर्वाधारमा ७२ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरिएको छ । यस्तै प्रक्षेपण गरिएभन्दा करिब तीन लाख बढी राजश्व संकलन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर विष्टले जानकारी दिए । यस आर्थिक बर्षमा ४० लाखको अन्तरिक आयको लक्ष्य राखएकोमा ४२ लाख ९७ हजार संकलन भएको विष्टले बताए । उनका अनुसार पालिकाले म्याद नाघेको ठेक्का रद्ध गरी धरौटी जफत गरी ३८ लाख राजश्व थप गरेको छ ।

    पत्रकार सम्मेलनमा अध्यक्ष लामाले बताए अनुसार १३ वटा योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालनमा आएका छन् भने १ सय १९ वटा आयोजना उपभोक्ता समिति मार्फत काम भएका छन् । कार्यक्रममा प्रारम्भिक बाल विकास देखि कक्षा ६ सम्मका पालिका भित्रका सबै विद्यालयमा दिवा खाजा, स्वास्थ्य सेवामा सहजता, २ हजार २ सय ५० जना बेरोजगारको सूचिकरण गरिएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिठु देवी लामा, वडा नं.१ र २ का अध्यक्ष पासाङ लामा र विजय योञ्योनल लगाएतकाले आफ्नो धारण राखेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट