जिल्लाका पत्रकारहरुको क्षमता वृद्धिको लागि डिजिटल पत्रकारिता सुरुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा भएको तालिममा जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेको तालिममा अनलाईन पत्रकारिता, फोटो ग्राफी, रेडियो, मोवाईल पत्रकारिताको बारेमा प्रशिक्षण दिईएको थियो ।तालिममा विनय बजगाँइ,बविन शर्मा,प्रभात श्रेष्ठ,रेवती सापकोटा,सुन्दर शिरीष लगाएतकाले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस