जय कार्की
अत्यन्त तल्लोस्तरमा, भद्दा सैलीमा र सुझ न बुझ मनपरी लेख्ने र दुस्प्रचार गर्ने सम्मानित नेतृत्व पंक्तिलाई कि अति देबत्वकरण गरी बिगार्ने, गलत गरेपनि सही छ भनि ठप्पा लगाउँने कि ध्वस्त गर्ने र आलोचना गर्ने र सच्याउँन प्रयत्न गर्ने कतिपय नेतृत्व पंक्ति तथा कार्यकर्ताहरुलाई समाप्त गर्ने अत्यन्त छुद्र र घिनलाग्दो पाराले बिषालु धारणा ब्यक्त गरेको छ्यापछ्याप्ति भेटिन्छ ।
यो भँडुवा र पार्टीभित्र डढेलो लगाई आगो ताप्ने राक्षसी प्रबृत्ति हो । अझ प्रष्टरुपमा भन्ने हो भने बाँदरलाई बाली नालीको सुरक्षागर्न जिम्ममा लगाए जस्तो हो । क.माओको विचार र महान दर्शनको बिरुद्धमा नजाउँन पटक पटक पढुन र हेक्का राखुन भन्ने उदेश्यकासाथ माओले प्रतिपादन गर्नु भएको विधि प्रस्तुत गरिएको छ । पार्टीभित्र त्यो समश्या आएकै कारणले माओले यसो भन्नुभएको प्रष्ट छ ।
चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष तथा विश्व सर्बहाराबर्गका महान नेता क. माओ त्सेतुङ विकास गर्नुभएको सङ्गठनात्मक सञ्चालनका १६ विधि । कमसेकम हरेक कम्युनिष्ट सदस्यले आत्मासात गरुन र सच्चा कम्युनिष्ट बन्ने आधार खडा हुन सकोस भन्ने उदेश्यकासाथ यहाँ प्रस्तुत गरिएको छ ।
१. समझदार बन, निर्णायक बन
२. केही सम्भावना देख
३. छालको गति सरह अघि बढ
४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर
५. स्थितिको निरीक्षण गर्न कुशल बन
६. ठीक समयमा निर्णय गर
७. विचारलाई व्यक्त हुन देऊ
८. गतिरोधलाई तोड
९. अल्पमत होस् तर सत्य नछोड
१०. समस्याहरूलाई ऐतिहासिक दृष्टिकोणबाट हेर
११. बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट धारणा अपनाऊ
१२. जिम्मेवार बन
१३. गलत चिन्तनबाट मुक्त होऊ
१४. आलोचना तथा आत्मालोचना लागू गर
१५. सामूहिक नेतृत्व कायम गर
१६. विभिन्न विभागहरूका बीचमा सम्बन्ध बनाऊ
समस्या समाधान गरेर मात्र पानी लैजान आग्रह
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गरेका छन् ।
बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उनको गुनासो थियो । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना फेरि अन्योलमा परेको छ । स्थानीयवासीका समस्याप्रति आयोजना र सङ्घीय सरकार उदासीन रहेका कारण मेलम्चीको भविष्य अन्योलमा परेको अध्यक्ष शेर्पाको आरोप थियो ।
पछिल्लो समय गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो । मेलम्चीको पानी काठमाडौँ पठाउने क्रममा गत चैत २९ गते उक्त गाउँपालिकाले स्थानीयवासीको समस्या समेटेर खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।
मेलम्ची खानेपानी पीडित क्षेत्रका बासिन्दाका लागि सञ्चालित स्थानीय सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानीय सरकारमार्फत सञ्चालन गर्नुपर्ने, स्थानीयवासीले पाउने खानेपानीको महसुल लेवीको टुङ्गो लगाउनुपर्ने, स्थानीय बाढीपीडितहरुलाई कम्तीमा प्रतिपरिवार रु २० लाख उपलब्ध गराउनुपर्ने, बाढीका कारण बगेका व्यवसायीहरुको व्यवसाय पुनःस्थापनामा सहयोग गर्नुपर्नेलगायत मागहरु उक्त ध्यानाकर्षणपत्रमा समेटिएको थियो ।
हेलम्बुका समस्याबारे जानकार हुँदाहुँदै र पटक–पटक स्थानीय जनसरोकारका विषयमा अवगत गराउँदा पनि नेपाल सरकारको आव ०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजनाका विषयमा एक शब्द पनि नबोलिनु दुःखद भएको गाउँपालिका अध्यक्ष शेर्पाले गुनासो गरे । आयोजनामा अफ्ठ्यारो पर्दा स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरेर केन्द्र सरकारलाई सहयोग गरे पनि आफूहरुको समस्या समाधानमा भने चासो नदेखाएको उनको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस