२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

मकवानपुरमा तीन दिवशीय सालक दिवस मनाईने


Thumbnail
  • न्युज कोशी
  • २०७९ फागुन ४, बिहिबार मा प्रकाशित १ साल अघि
  • ११९ पाठक संख्या
  • बिश्वराम अधिकारी/मकवानपुर
    मकवानपुरमा तीन दिवशीय शालक दिवश मनाईने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईने विश्व सालक दिवश यो वर्ष मकवानपुरमा तीन दिवशीय कार्यक्रम गरेर मनाईने भएको छ ।
    यो वर्ष “सालक संरक्षणमा समुदायको नेतृत्व“ भन्ने नाराका साथ तीन दिन विविध कार्यक्रम गरेर फागुन ४, ५ र ६ गते विश्व सालक दिवस मनाईने डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर,  ग्रीनहुड नेपालको आयोजनमा बिबिध कार्यक्रम सहित दिवश मनाईने उहाँले बताउनुभयो ।
    प्रमुख आचार्यका अनुसार दिवशका अवसरमा फाल्गुन ४ गते जिल्ला समन्वय समितिको सभाहलमा हलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, बिज्ञ, संचारकर्मी लगायत सरोकारवालाहरुको सहकार्यमा पेङ्गुइन राउण्ड टेवबल कार्यक्रम आयोजना हुनेछ । जसमा मकवानपुरमा सालक संरक्षणको बिगतको अनुभव आदान प्रादान गरिने र आगामी दिनमा मकवानपुरमा गरिने सालकको बिभिन्न कामको बिषयमा छलफल गरिनेछ ।
    त्यस्तै फाल्गुन ५ गते डिभिजन वन कार्यालय राप्तीको प्राङ्गण मनहरीमा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्री, जिल्ला समन्वय समिति प्रमुखलगायत स्थानीय तहका जनप्रतिनिधि, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितीमा मुल कार्यक्रम गर्नुका साथै सालक संरक्षण सम्बन्धि गीत लोकार्पण हुने छ । यसका साथै स्थानीय समुहद्वारा सालक संरक्षणको लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कबितावाचन, सालक सम्बन्धि फेस पेंटिंग, चेतनामुलक बृतचित्र प्रदर्शन, सालकको मुकुण्डो सहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना हुने उहाँले बताउनुभयो । यस्तै तेस्रो तथा अीनतम दिन फाल्गुन ६ गते लामो समय देखि सालक संरक्षणमा भूमिका खेल्दै आएको मकवानपुरको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासंग छलफल कार्यकर्मको आयोजना गरिने आचार्यले बताउनुभयो ।
    आचार्यका अनुसार संसार भरि ८ प्रकारका सालक पाइन्छ । जसमध्ये नेपालमा २ प्रकारका कालो ९ चाइनिज प्यान्गोलिन० र तामे सालक ९ इन्डियन प्यान्गोलिन० पाइन्छ र मकवानपुरमा दुवै प्रकारको पाइने बिश्वास गरिएको छ । मकवानपुरको रानी, चुच्चेखोला लगायत केहि सामुदायिक वनमा सालक संरक्षणका केहि काम भएता पनि अन्यत्र यकिन तथ्यांक नभएको तर डिभिजन वन कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार मकवानपुरका करिव १०० वटा सामुदायिक वनमा यसको दुलो फेला परेको उहाँले बताउनुभयो । सालक संरक्षणको लागि जिल्ला स्तरको कार्ययोजना बनाउने तयारी गरिएको र सालकलाई मकवानपुरको गौरबको प्राणि घोषणा गर्ने अभियानमा रहेको समेत उहाँले बताउनुभयो । जसका लागि सबै सरोकारवालालाई समन्वय र सहजिकरण गर्न उहाँले आग्रह समेत गर्नु भयो ।
    “जिल्ला समन्वय समिति, १० वटै स्थानीय तह, वन तथा वाताबरण मन्त्रालय, निर्देशनालय तथा साझेदारी संस्थालगायतको सहकार्यमा बिस्तृत अध्ययन, एक्सन प्लानको निर्माण पश्चात हामि सालकलाई मकवानपुरको गौरव प्राणि घोषणा गर्ने अभियानमा छौ । यो हुन सकेमा सालक संरक्षणमा मकवानपुरको लागि मात्र नभएर सिंगो मुलुकको लागि नै एउटा नया अध्याय हुने र यसले सालक संरक्षणमा अत्यन्त सकारात्मक भूमिका खेल्ने बिश्वास लिएका छौ ।” प्रमुख आचार्यले भन्नुभयो । सालक मुलतः मासु, खपटाको लागि अवैध रुपमा मारिएको साथै कतिपय स्थानमा जनचेतनाको अभावमा पनि यसको शिकार हुने गरेको उहाँले बताउनुभयो । जनचेतना, कानुनको प्रभावकरी कार्वान्वायन, सबैको साझेदारको अपनत्व ग्रहणले मात्र सालक जोगाउन सकिने हुँदा सालक संरक्षणमा सहयोग गर्न तथा विश्व सालक दिवशको कार्यक्रम सफल पार्न समेत उहाँले सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट