२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

सापकोटा र नेपालबीच तिब्र प्रतिस्पर्धा


  • २०७९ मंसिर १९, सोमबार मा प्रकाशित २ साल अघि
  • ४५४ पाठक संख्या
  • चौतारा ।
    मंसिर ४ मा हुने प्रतिनिधि सभा– १ गठबन्धनबाट नेकपा (माओबादी केन्द्र) का माधव सापकोटा र नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाल बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

    २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा दलका मतभारलाई आधार मान्ने हो भने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को ५४ वडाबाट नेपाली काँग्रेसले ३४,९६१ मत प्राप्त गरेको छ । एमालेले २६,५५९ मत, नेकपा(माओबादी केन्द्र) ले १९,३३४ मत, समाजबादी २,३९१ मत र राप्रपाले १,२११ मत प्राप्त गरेको थियो ।

    गठबन्धन दलको काँग्रेस र नेकपा(माओबादी केन्द्र) को मत जोड गर्दा ५६,६८६ मत रहेको छ भने मुख्य प्रतिस्पर्धी एमालेका सरेश नेपालको २६,५५९ मत रहेको छ । मुख्य प्रतिस्पर्धी दल एमाले भन्दा गठबन्धनका उम्मेदवार माधव सापकोटाको ३०,१२७ मत बढी छ । तर पनि एमालेका सरेशले गठबन्धनबाट रिसाएका मत र आफू बिभिन्न समयमा जनप्रतिनिधिको भूमिकामा रहदाँ जनताका पक्षमा गरेका कामले आफू जित्ने उहाँले दाबी गर्नु भयो । अन्य साना दलका मत उल्लेख्य छैन् । यसरी हेर्दा गठबन्धन दलका उम्मेदवार माधव सापकोटा प्रतिनिधि सभा– १ मा बिजयी हुने देखिन्छ ।

    ४१ बर्षीय गठबन्धनका उम्मेदवार माधव सापकोटा जनप्रतिनिधि र प्रतिनिधि सभाका लागि बिल्कुलै नयाँ अनुहार हुन् । जनप्रतिनिधि भएर जनताको काम गरेको उनीसँग अहिले सम्म कुनै अनुभव छैन् । माधव सापकोटा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका सहोदर भतिजा हुन् ।
    २०५२ सालमा माधव जनयुद्धमा भूमिगत भएका थिए । १३ बर्षको उमेरमा अर्थात २०५१ सालमा अखिल क्रान्तिकारीको बाल इकाई समितिको संगठित सदस्य, क्षेत्रीय समिति सदस्य भएका सापकोटा २०५६ सालमा माओबादी जनयुद्धमा भूमिगत भएका थिए । २०५८ सालमा जनमूक्ति सेनाको स्क्वाड कमाण्डर, ०६१ सालमा प्लाटुन कमाण्डर, कम्पनी सहकमिसार, २०६१ मा कम्पनी कमिसार ०६२ मा ११ औं बटालियन कमान्ड बनेर माधवले युद्धमोर्चा सम्हालेका थिए ।

    २०६३ मा चौतारा आक्रमणका कमान्डर रहेका माधव उक्त आक्रमणमा गम्भीर घाइते भएका थिए । २०५६ सालमा ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवम जिल्ला सहकेक्रेटरी, ०७१ जिल्ला पार्टी अध्यक्ष, ०७३ सालमा पार्टी केन्द्रीय सदस्य, ०७५ सालमा एमाले र माओबादी एकता हुदाँ नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज, ०७९ सालमा जिल्ला पार्टी इन्चार्ज र पोलिटब्यूरो सदस्य भएका छन् । अहिले सापकोटा युवा माझ लोकप्रिय छन् ।

    एमालेका केन्द्रीय सदस्य र संसदीय राजनीतिमा अनुभवी नेताको छवि बनाएका सरेश नेपाल २०७४ सालमा भारी मतले बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले सिन्धुपाल्चोक प्रतिनिधि सभा– १ बाट प्रत्यक्ष उम्मेदवार हुन् ।

    नेपालले २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक पाङगे्रटारको गाबिस अध्यक्षमा निर्वाचित भई तत्कालीन जिल्ला उपसभापति बिजयी भएका थिए । नेपाल २०५४ सालमा पुन पाङगे्रटारको गाबिस अध्यक्ष जितेर जिल्ला बिकास समितिको सभापतिमा बिजय भएका थिए ।

    जिल्ला बिकास समितिको नेतृत्व सम्हालेर नेपालले जिल्लाबासीका जनजीविका र बिकास निमार्ण काम गरेर जिल्लाबासीको मन जितेको नेपाल २०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका– ४ मा पञ्चायती शासनबिरुद्धको कम्युनिष्ट बिद्रोहको चर्चित हत्याकाण्ड घटनामा बिरोध गरेबापत २०४३ सालसम्म जेल जीवन समेत विताए ।

    २०४७ सालमा एमाले जिल्ला कमिटिको पार्टी प्रमुख नेतृत्व सम्हालेका नेपालले सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भई सिन्धुपाल्चोकमा जनताका मन जितेका छन् । कृषि बिकास बैंकको बोर्ड सदस्य, पशुपति क्षेत्र बिकास कोषको सदस्य सचिव भई नेपालले काम गरे ।

    २०७४ सालको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बागमती प्रदेश सदस्यमा निर्वाचित भई नेपालले उद्योग पर्यटन वन तथा वातावारण मन्त्री भएर सिन्धुपाल्चोकमा उल्लेखनीय काम गरेको उनले बागमती प्रदेशको अर्थ तथा बिकास समितिको सभापति भई आफ्नो भूमिका निभाए ।

    https://www.youtube.com/watch?v=Xb8zpaZYqlo&t=161s

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट