२०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024

निर्वाचन आयोगको ‘प्रेस अफिस’प्रति महासंघको आपत्ति


nepal_patrakar_mahasang_5oj9ilJ3Vi
  • न्युज कोशी
  • २०७९ आश्विन १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११९ पाठक संख्या
  • काठमाण्डाै । नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको जनाएको छ ।

    महासंघका महासचिव रोशन पुरीले शुक्रबार विज्ञप्ति जारी गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति महासंघले आपत्ति जनाएको छ । साथै महासंघले आयोगले तत्काल निर्णय नसच्याए नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने चेतावनी दिएको छ ।

    ‘सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासंघको ठहर छ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट